नियम ७६
निवृत्तिभरणमा वृद्धि
बहालवाला प्रहरी कर्मचारीको तलब वृद्धि हु“दा तलबको सुरु अड्ढमा जति वृद्धि भएको छ, त्यसको दुई तिहाई रकम समान पदका सेवानिवृत्त प्रहरी कर्मचारीको निवृत्तिभरण रकममा पनि थप गरिनेछ ।
तर समान पदको प्रहरी कर्मचारी सेवामा नरहेमा नेपाल प्रहरीको समान पदको प्रहरी कर्मचारीको तलबको शुरु अड्ढमा जति बृद्धि भएको छ त्यसको दुई तिहाई रकम सेवानिवृत्त प्रहरी कर्मचारीको निवृत्तभरणमा थप गरिनेछ ।